कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

श्रावण २२, २०८१
जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

गोरखा — ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रौतहट, वृन्दावन नगरपालिका–५ का २१ वर्षीय दिपेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको छ । हाल हेटौंडा उपमहानगरपालिका–४ बस्ने आरोपित दासले बालिकालाई फकाइफुलाई गोरखा सदरमुकाम ल्याएर करणी गरेको भन्दै पीडितका आफन्तले जाहेरी दिएका थिए । 

साउन ७ देखि १८ गतेसम्म पटक/पटक डरत्रास देखाइ करणी गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी आरोपितलाई मंगलबार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ ।

मंगलबार नै आरोपितविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०८१ १९:५५
x
×