कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

७ क्विन्टल गाँजासहित २ जना पक्राउ 

श्रावण १४, २०८१
७ क्विन्टल गाँजासहित २ जना पक्राउ 

नवलपुर — पूर्वी नवलपरासी प्रहरीले ७ क्विन्टल गाँजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका-२ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले २४ वटा बोरामा प्याकिङ गरेर राखिएको ७ सय ६९ किलो गाँजा बरामद गरेको बताए ।

गाजाँसहित सोही कन्टेनर चालक राप्ती नगरपालिका-२ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् । गाँजा बोकेर हिँडेको कन्टेनरलाई पछ्याउँदै मध्यविदु नगरपालिकाको चोरमाराबाट रजहरसम्म पक्राउ परेका व्यक्तिहरूले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ ।

गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागूऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १४, २०८१ १९:२५
x
×