कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नारायणीमा पानीको सतह खतराको तह नजिक

नारायण शर्मा

पूर्वी नवलपरासी — वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेको छ । देबघाट जल मापन केन्द्रका अनुसार बिहीबार दिउँसो सवा ३ बजे देबघाटमा पानीको सतह ७ दशमलब ६२ मिटर उचाइमा पुगेको छ ।

नारायणीमा पानीको सतह खतराको तह नजिक

यो सर्तकता रहन पर्ने तह भन्दा माथि हो । पूर्वी नवलपरासी, चितवन र तनहुँको संगमस्थल देबघाटमा पानीको सतह ७ मटिर भन्दा पुगेपछ सतर्क रहनुपर्ने अवस्था भन्ने बुझिन्छ ।

लगातारको वर्षाका कारण नारायणीमा बाढी बढेकाले नवलपरासी र चितवनस्थित नदी आसपासका सर्वसाधारणले सर्तकता अपनाउन पर्ने जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

बुधवारदेखिको झरीले बिहीबार दिउँसो १२ बजेपछि नारायणीमा एक्कासी पानीको सतह बढेको हो । गण्डकी प्रदेशको नारायणी नदी आसपासको क्षेत्रमा वर्षा जारी छ ।

गत मंगलवार र बुधवार बिहानसम्म केही रोकिएको झरी त्यसपछि बढेको बढ्यै छ ।

प्रकाशित : असार २७, २०८१ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×