कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

९ दिनसम्म पनि खुलेन पांग्रे धौवादी सडक

नारायण शर्मा

पूर्वी नवलपरासी — पहिरो गएका कारण गत नौ दिनदेखि पांग्रे-धौवादी सडक अवरुद्ध छ । पूर्वी नवलपरासीको पहाडी भेगमा खाद्यान्न ढुवानी गर्ने मुख्य सडक नखोलिँदा खाद्यान्नको मूल्य वृद्धि हुने पिरलो स्थानीयलाई छ ।

९ दिनसम्म पनि खुलेन पांग्रे धौवादी सडक

दलदले धौवादी सडक खण्डको बीचमा पर्ने पांग्रेमा पहिरो गएर सडक अवरुद्ध हुँदा यातायात ठप्प छ ।

पहिरो गएको नौ दिन भएपनि बाटो खुलाउने प्रयास कसैले गरेको छैन । पहाडी भेगमा सामान ढुवानीको काम गर्दै आएका धारापानीका व्यापारी राजु भट्टराई भन्छन्, 'पहाडमा खाद्यान्न लैजान र बिरामी ल्याउन समेत सकिएको छैन । पहाडमा खाद्यान्न अभाव भएको छ ।'

अवरुद्ध सडक खण्ड हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ मा र बुलिङटार गाउँँपालिका वडा नम्बर ४ मा पर्छ ।

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले सडक खुलाउने जिम्मेवारीमा सडक डिभिजन कार्यालय भरतपुरको भएको बताइन्। उनले भनिन्, 'पहिरो गएर सडक अवरुद्ध भएको जानकारी गराएको हो, कसैले चासो दिएनन् ।'

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डिभिजन सडक कार्यालय भरतपुरका प्रमुखको लापरबाहीले काम हुन नसकेको भन्दै आफूले सडक विभागमा पत्राचार गरेको जानकारी दिए ।

दलदले, कुम्सोत, धौवादी, बुलिङटार, डेढगाउँ हुँदै जाने सडकबाट पहाडका बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकाका करिब ५० हजार जनसंख्यालाई खाद्यान्न ढुवानी हुने गर्छ ।

प्रकाशित : असार २७, २०८१ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×