कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — पहिरोले घर पुरिँदा बागलुङ नगरपालिका वडा नम्बर–७ मा एक महिलाको मृत्यु भएको छ  । घरमाथिबाट आएको पहिरोले पुरेर बिहीबार बिहान १ बजे स्थानीय ५५ वर्षीया खिलाकुमारी शर्माको मृत्यु भएको हो । 

शर्मा सुतेकै स्थानमा पुरिएकी थिइन् । बिहान मात्रै छिमेकीले थाहा पाएपछि घटनास्थलको उद्धार भएको वडाध्यक्ष मेघनाथ गैरेले बताए । शर्मा एक्लै बस्दै आएकी थिइन् ।

निरन्तर वर्षा र सडकमा अवरोध भएकोले प्रहरी समेत समयमा घटनास्थलमा पुग्न नसकेको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । प्रहरी निरीक्षक सुनप्ल शर्माको नेतृत्वमा गएको उद्धार टोलीले बिहान ८ बजे मात्र शव निकालेको हो ।

बागलुङदेखि पञ्चकोट, तितौरे जाने सडक, मध्यपहाडी लोकमार्गको बोक्सेलगायतका स्थानमा पनि पहिरो खसेर अवरुद्ध भएको छ ।

प्रकाशित : असार २७, २०८१ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×