कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पूर्वी नवलपरासीमा खोलाले बगाउँदा २ जना बेपत्ता 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा बौदीखोला र उल्टीखोलाले बगाएर दुई जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको बौदीकाली गाउँपालिका-१ मा बौदीखोलाले बगाउँदा स्थानीय ४८ वर्षीय विशाल कार्की बेपत्ता भएका छन् । 

बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाइ बेपत्ता भएको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए ।

यसैगरी जिल्लाको मध्यबिन्दु नगरपालिका-१ पतवारीस्थित उल्टिखोला तर्ने क्रममा मध्यबिन्दु नगरपालिका-४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियार बेपत्ता भएका छन् । बेपत्ताको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको छ ।

प्रकाशित : असार २७, २०८१ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×