कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बेंसीसहर नगरपालिकाको बजेट ७५ करोड ७२ लाख ७३ हजार

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ ।नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेटसहित नीति, योजना तथा कार्यक्रम सुझावसहित स्वीकृत गरेको छ ।

बेंसीसहर नगरपालिकाको बजेट ७५ करोड ७२ लाख ७३ हजार

नगरपालिका उपप्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४४ करोड ५६ लाख, ६९ हजार र पुँजिगततर्फ ३१ करोड १६ लाख ४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । योजनामा नगरपालिकातर्फ २ सय ६३ र वडागतरुपमा ३ सय ४ वटा योजना रहेका छन् ।

बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ८० लाख २५ हजार र अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ५२ करोड ९२ लाख ४८ हजार आय हुने अनुमान गरिएको छ ।

नगरसभाले बेंसीसहर नगरपालिकाको विनियोजन विधेयक २०८१, कार्यपालिकाले गरेका निर्णय लगायत ४५ वटा निर्णयहरु सर्वसम्वत पारित गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । बजेटमाथि वडा नं. ८ का वडा अध्यक्ष पवित्रा थापा राना, वडा सदस्यहरु गुमानसिंह कँडेल, दिपक अधिकारी, कृष्ण भुजेल लगायतले टिप्पणी सहित सुझाव दिएका थिए ।

नगरप्रमुख गुमानसिंह अर्यालले आवश्यकता र प्रथामिकताका आधारमा बिना भेद्भाव, पक्षपातरहित रुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भएको पारित भएको बताए । ‘यसपटक केन्द्रबाट बजेट कटौती गरिएकोले नगरबासीको अपेक्षा अनुसार योजना निर्माण गर्न सकिएन,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले असार १० गतेदेखि सुरु भएको नगरसभा असार २६ गते सकिएको बताए । ‘हामीले यो बीचमा प्रस्तावित बजेट, नीति तथा कार्यक्रम र योजनाहरुमाथि विभिन्न ढंगले छलफल गर्‍यौं । अहिले सर्वसम्मत पारित गर्न सफल भयौं,' उनले भने ।

प्रकाशित : असार २६, २०८१ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×