२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

तीन दिनदेखि बेपत्ता युवाको शव दरमखोलामा भेटियो

प्रकाश बराल

बागलुङ — तीन दिन अघि खोलाले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन् । गलकोट नगरपालिका वडा नं ४ नुवाकोटका ४२ वर्षीय प्रमानन्द सुवेदीको गलकोट नगरपालिका ११ को मनेवा नजिक शव भेटिएको हो ।

तीन दिनदेखि बेपत्ता युवाको शव दरमखोलामा भेटियो

उनलाई सोमबार गलकोट नगरपालिका वडा नं २ को नरेठाँटीबाट गौंदीखोलाले बगाएको थियो । मानिस बगेको देखेपछि स्थानीयले तत्काल खोजी थालेका थिए ।

प्रहरी चौकी खरवाङको खोजी टोलीले बुधवार दिउसो साँढे ३ बजे सुवेदीको शव फेला पारेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक थमनसिंह रानाले जानकारी दिए । गौदीखोलाले बगाएर सुवेदीको शव दरमखोलामा पुर्‍याएको थयो । गलकोट नगरपालिका वडा नं. ११ को मनेवा नजिकै उनको शव भेटिएको हो ।

सोमबार दिउसो सुवेदी घरबाट निस्केका थिए । कसैलाई नभनी निस्केकोले घरपरिवारले पनि पत्तो पाएका थिएनन् । खोलामा अपरिचित व्यक्तिको शव बगेको देखेपनि कसको भन्ने थाहा नहुँदा खोजीकार्य ढीला भएको थियो ।

मंगलवार पनि घर नफर्केपछि सुवेदी परिवार आत्तिएका थिए । उक्त शवलाई प्रहरीले पोष्टमार्टम पछि परिवारलाई बुझाउने रानाले जानकारी दिए । घटना बारे प्रहरीले थप अनुसन्धान समेत थालेको छ ।

प्रकाशित : असार २६, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×