कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

म्याग्दीमा पहिरोले पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध 

म्याग्दी — पहिरोले विद्युत्‌का तारपोल ढलाएपछि जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ । अन्नपूर्ण गाउँपालिकाको दोवा, पाउद्धार, शिख, घोरेपानी, स्वाता, चित्रे, घार, खिवाङ, घराम्दी, हिस्तान, औला, काफलडाँडा, राम्चे, नागी समेतका बस्तीमा मंगलबार राति ११ बजेबाट विद्युत् आपूर्ति बन्द भएको हो ।

म्याग्दीमा पहिरोले पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध 

बेनी–जोमसोम सडक अर्न्तगत गलेश्वर–बेगखोला खण्डमा पर्ने सिरुवारी पहिरोले मात्र विद्युत् प्राधिकरणका ११ केभिए प्रसारण लाईनका ७ वटा तारपोल ढलाएको छ ।

मिलनचोकबाट बेनीहुँदै दाना सवस्टेसनमा जोडिएको ११ केभिए प्रशारण लाईनको रघुगंगा गाउँपालिका, २ सिरुवारीमा पहिरोले ७ वटा तारपोल ढलाएको र दानाबाट घारहुँदै बाग्लुङ सवस्टेसनमा जोडिएको ३३ केभिए प्रसारण लाईनको अन्नपूर्ण गाउँपालिका, ५ घारखोला क्षेत्रमा ३ वटा तारपोल ढालेकोले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका बेनी केन्द्र प्रमुख सत्यनारायण गामीका अनुसार पछिल्ला तीन दिनमा जिल्लाभर ११ केभिए प्रसारण लाइनका १० वटा, ३३ केभिए प्रसारण लाईनका ३ वटा र विभिन्न बस्तीमा वितरण गरिएको १४ वटा एलटि लाईन (वितरण लाइन)का तारपोल बाढीपहिरोले ढलाएको छ ।

‘मनसुन थप सकृय हुँदै जाँदा बाढीपहिरोले विद्युत्‌का तारपोल ढलाउने क्रम बढेको छ । अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा विद्युत् आपूर्ति अनियमित भएको छ’ प्राधिकरणका म्याग्दी प्रमुख गामीले भने, ‘जिल्लामा बाग्लुङबाट आउने ३३ केभिए र पर्वतको मिलनचोकबाट आउने ११ केभिए गरी दुई खाले प्रसारण लाईन भएकोले एउटामा समस्या आउँदा अर्कोबाट विधुत दिने गरेका छौं । दुवै लाईनमा समस्या आउँदा भने लामो समय विद्युत् आपूर्ति बन्द हुन सक्छ ।’

प्रकाशित : असार २६, २०८१ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×