कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

म्याग्दी — रघुगंगा गाउँपालिका-७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । 

पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताए ।

वडाध्यक्ष पाईजाका अनुसार पहिरोको उच्च जोखिममा परेका ४ घरपरिवारका २५ जनालाई सुरक्षित स्थानका आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

पहिरोले नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पनि बगाएको छ ।

प्रकाशित : असार २६, २०८१ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×