कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

कावासोती घटना : मृतकका परिवारलाई तत्काल ५-५ लाख रुपैयाँ राहत दिने सहमति

नगरपालिका र मृतकका आफन्तबीच १० बुँदे सहमतिपछि आन्दोलन स्थगित
नारायण शर्मा

पूर्वी नवलपरासी — सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल  निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रर्दशनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ ।

कावासोती घटना : मृतकका परिवारलाई तत्काल ५-५ लाख रुपैयाँ राहत दिने सहमति

कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीका अनुसार मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५-५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक-एक बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने, घटनास्थलमा मृतकको शिलालेख राख्ने सहमति भएको छ । मृतकका परिवारलाई रोजगारी दिने र रोजगारीको पुस्तान्तरण गर्दै जाने सहमति भएको छ ।

त्यस्तै, पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा-१२ सम्म अध्ययन खर्च (माशिक शुल्क) र स्टेशनरी बापतको खर्च समेत नगरपालिकाले ब्यहोर्ने, मृतकको परिवारको घरको अवस्था अवलोकन गरी कमजोर बासस्थान भएका परिवारलाई आवासको ब्यवस्था गर्ने र शव ब्यवस्थापन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले ब्यहोर्ने लिखित सहमति भएको छ ।

सहमतिमा कावासोती नगरपालिकाका तर्फबाट उपमेयर फुलकुमारी थनेत र पीडित पक्षले हस्ताक्षर गरेका छन्। नगरपालिकाले कावासोतीको जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफुल चोकदेखि पूर्व तर्फको ठुलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने तीन महिला मजदुरको बिहीबार ज्यान गएको थियो ।

कावासोती नगरपालिका-२ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षिया सेती राना, २६ वर्षकी तानमया मस्रांगि र ३२ वर्षिया चमेली सिंजालीको बिहीवार ढल खन्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका-५ निवासी कामदार हुन् ।

एउटै टोलका कामदारहरुको मृत्यु भएपछि लक्ष्मीपुर टोल शोकमग्न छ । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । करिब १० फिट गहिरो नाला खन्दा प्राविधिक राखेर सावधानी नपनाइएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

कावासोती बजारमा शशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×