कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

ढल खन्ने क्रममा ३ मजदुरको मृत्युपछि कावासोती नगरपालिकामा आज बिदा 

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल  निर्माणका क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि नगरपालिकाले आज बिदा दिने निर्णय गरेको छ ।

ढल खन्ने क्रममा ३ मजदुरको मृत्युपछि कावासोती नगरपालिकामा आज बिदा 

शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकले तीन कामदारको मृत्यु भएका कारण शोक मनाउन बिदा दिने निर्णय गरेको हो । बिहीबार नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षीया सेती राना, २६ वर्षकी तानमया मस्रांगी,३२ वर्षीया चमेली सिंजालीको मृत्यु भएको हो ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरूको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनु पर्ने र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×