कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

ढल खन्दा पुरिएर तीन मजदुर घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएका तीन जना मजदुर गम्भीर घाइते भएका छन् ।

ढल खन्दा पुरिएर तीन मजदुर घाइते

जिल्ला प्रहरी कार्यालयको उत्तरतर्फ पूर्वी भागमा नगरपालिकाले पानी निकासका लागि खनेको खाल्डोमा त्यही काम गर्ने तीन जना मजदुर माटोको ढिस्कोले पुरिएका हुन् ।

दुई जनालाई उद्धार गरेर निकालिएकोमा उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । करिब ८ फिट गहिरो नाला (ढल) खनेको ठाउँमा माथि थुपारेको माटो खसेर पुरिएको स्थानिय प्रत्यक्षदर्शी खगराज सापकोटाले जानकारी दिए ।

'नाला खन्नेक्रममा ती मजदुर पुरिएका रहेछन्,' सापकोटाले भने, 'उनीहरुको पहिचान खुल्न सकेको छैन ।'

प्रकाशित : जेष्ठ ३१, २०८१ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×