कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता [अपडेट]

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् ।

ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता [अपडेट]

जिल्ला अस्पतालका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पुर्‍याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो । उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।

उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना अहिले सांझ साढे ६ बजे भएको हो । नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो ( नाला) खन्ने ३ जना महिदा मजदुरहरु पुरिएका थिए ।

राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×