कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी, दुई भारतीय पक्राउ

दीपक परियार

पोखरा — सुनजस्तै देखिने धातु दिएर चार लाख रुपैयाँ ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले बुधबार पोखरामा पक्राउ गरेको छ ।

नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी, दुई भारतीय पक्राउ

सिर्जनाचोकमा प्लास्टिक पसल सञ्चालकलाई सुनको माला भन्दै उक्त धातु चार लाख रुपैयाँमा बिक्री गरेर फरार भएका उनीहरुलाई छोरेपाटनबाट प्रहरीले पक्रिएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भएकी ७१ वर्षीया प्रभा देवी र ४२ वर्षीय रामनारायण सुलेंगी छन् । बुधबार दिउँसो १ः४५ बजे दुईजनाले पसलेलाई उक्त धातु बिक्री गरेका थिए । पसलेले सुन पसलमा परीक्षण गर्दा सुन नभएको पत्ता लागेको थियो । ती पसलेले तत्कालै प्रहरीलाई खबर गरे ।

उनले उपलब्ध गराएको हुलिएका आधारमा वडा प्रहरी कार्यालय बैदाम र छोरेपाटन प्रहरी चौकीबाट प्रहरी टोली खटियो । दिउँसो ४ बजे पोखराबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा दुईजना फेला परेका हुन् । उनीहरुको साथबाट प्रहरीले तीन लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।

उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा बिहीबार कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×