कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

ढल खन्दा पुरिएकी अर्की मजदुरको शव फेला [अपडेट]

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीको फलफुल चोकमा ढल निर्माणका लागि खाल्डो खन्दा पुरिएका तीन महिलाको मृत्यु भएको छ । यसअघि उद्धार भएका दुई जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएकोमा अर्की महिला मजदुरको खाल्डोमै पुरिएर मृत्यु भएको हो । स्थानीय र प्रहरीले खन्दा पुरिएको खाल्डोमा शव फेला परेको हो । 

ढल खन्दा पुरिएकी अर्की मजदुरको शव फेला [अपडेट]

प्रहरी निरीक्षक बिक्रम रिजालका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा लगिएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको अस्पतालमै मृत्यु भयो भने खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको शव राति साढे ८ बजे खाल्डोमै फेला परेको छ । उनीहरु तीनै जना कावासोतीकै हुन् ।

नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो ( नाला) खन्ने ३ जना महिदा मजदुरहरु पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले प्रयाप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

सम्बन्धित समाचार

ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता [अपडेट]


प्रकाशित : जेष्ठ ३१, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×