कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गर्मी अत्यधिक बढेपछि थप दुई दिन विद्यालय बन्द 

नवीन पौडेल

नवलपुर — अत्यधिक गर्मी बढेपछि पूर्वी नवलपरासीको गैंडाकोट, कावासोती र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् । जिल्लामा दिउँसोको तापक्रम ३५ देखि ४१ डिग्री तापक्रमसम्म पुगेपछि बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै शुक्रबारसम्मको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

गर्मी अत्यधिक बढेपछि थप दुई दिन विद्यालय बन्द 

यसअघि बुधबार आजसम्म विद्यालय बन्द गरिएको थियो ।

कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले गर्मीको कारण पठनपाठन सकसपूर्ण हुँदै गएकाले थप दुई दिन बिदा बढाएर शुक्रबारसम्म विद्यालय बिदा गरिएको बताए । गैंडाकोट नगरपालिकाले पनि शुक्रबारसम्म शैक्षिक संस्था बन्द गरेको छ । केही शैक्षिक संस्थामा जस्ताको छाना भएको र विद्यार्थी संख्या धेरै भएको विद्यालयमा गर्मीले कक्षा कोठामा पठनपाठन गर्न असहज भएको भन्दै विद्यालय बन्द गरिएको हो ।


प्रकाशित : जेष्ठ ३०, २०८१ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×