कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नवलपुरमा विपद् सहायता कक्ष स्थापना

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा विपद् सहायक कक्ष स्थापना भएको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालको संयोजकत्वमा सरोकारवाला सहितको विपद्‌ सहायता कक्ष स्थापना गरिएको हो ।

नवलपुरमा विपद् सहायता कक्ष स्थापना

मंगलबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको बैठकले विपद्‌ सहायता कक्षको लागि समिति चयन गरेको हो । सदस्यमा जिल्ला रेडक्रस सोसाइटी, नागरिक समाज, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधिहरु सदस्य रहने छन् । वर्षायामसँगै नवलपुरमा बर्सेनि विपद्का घटनाहरु हुँदै आएकोले त्यसैलाई मध्यनजर गर्दै पूर्व तयारीका लागि सबैलाई सचेत गराउन समिति गठन गरिएको हो ।

विपद् समितिसँग छलफल गरेर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । विपद्बाट कसरी बच्ने र भैपरी आउने घटनामा सामग्री वितरण प्रणाली प्रभावकारी गराउने सम्बन्धमा सरोकारवालाबीच छलफल गरेर योजना तयार पार्ने जनाइएको छ ।

जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सहायता सामग्री र उद्धारका लागि सुरक्षाकर्मीलाई २४ सै घन्टा तैनाथ गरिने छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x