२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ साढे ५ बजे

नारायण शर्मा

कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साढे ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ साढे ५ बजे

अदालतको आदेश अनुसार संविधानको धारा १६८ (३) बमोजिम बुधबार मात्रै दोश्रो पटक मुख्यमन्त्री नियुक्त पाण्डेलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउने छन् ।

मुख्यमन्त्री पाण्डेले आफूसँगै अर्थमन्त्रीलाई पनि शपथ गराउने गरी तयारी गरेका छन् । उनका प्रेस सहयोगी नरहरी सापकोटाले बजेट बनाउनुपर्ने हतारो भएका कारण अर्थमन्त्री आजै नियुक्ति गरेर सपथ खुवाउने तयारी रहेको बताए ।

अर्थमन्त्रीमा कांग्रेसका सांसद महेन्द्रध्वज जिसीको चर्चा छ । जिसी दुई पटक तत्कालिन नवलपरासी जिल्ला पञ्चायतका सभापति र दुई पटक सांसद रहिसकेका नेता हुन् । पाण्डेको अघिल्लो मन्त्रिमण्डलमा जितप्रकास आले अर्थमन्त्री थिए ।

प्रदेश सरकारले यही असार १ गते बजेट ल्याउन पर्ने वैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?