२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

स्कुल बसमा आगलागी, एक जना घाइते

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीमा एक स्कुल भ्यानमा आगलागी भएको छ । कावासोती नगरपालिका ३ अठ्ठाइस बिघामा लर्ड बुद्ध बोर्डिङको भ्यानमा एक्कासी आगलागी भएको हो । 

स्कुल बसमा आगलागी, एक जना घाइते

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी वेदबहादुर पौडेलका अनुसार बा ७ च ५९९३ नम्बरको भ्यानमा आगलागी भएको हो । बाटोमा सुकाएको पराल टायरमा घर्षण हुँदा आगो लागेको प्रारम्भिक अनुमान छ ।

आगलागीमा परेर सवारी चालक कावासोती १० का २८ वर्षका रोहित महतो घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थी पुर्‍याएर फर्कनेक्रममा भ्यानमा आगलागी भएको थियो । आगलागीको कारण भ्यान पूर्णरुपमा जलेको छ ।


प्रकाशित : जेष्ठ १६, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?