२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ग्रामीण भेगमा ५० जनाको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । 

ग्रामीण भेगमा ५० जनाको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया

वर्षौंदेखि मोतियाबिन्दुको समस्या भए पनि उपचार नपाएका ग्रामीण भेगका बिरामीलाई नि:शुल्क शल्यक्रिया गरिएको हो । ‘दृष्टि सबैको लागि’ भन्ने नारासहित अन्धोपन न्यूनीकरण अभियानअर्न्तगत रोटरी क्लब अफ कावासोतीले संचालन गरेको शिविरमा ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरीएको क्लबका अध्यक्ष हरिहर अधिकारीले बताए ।

विनय त्रिवेणी गाउँपालिकाको साझेदारीमा गरिएको नि:शुल्क आखां परीक्षणमा ९ सय ३८ जनामध्ये १ सय ८७ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई गाउँपालिकाको सहयोगमा तिलगंगा अस्पतालको शाखा हेटौंडामा लगेर शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि वर्षौंपछि आँखा देख्न पाउँदा बिरामी खुसी भएका थिए ।

यसअघि रोटरी वर्षअन्तर्गत गएको मंसिरमा पनि तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा कावासोतीमा ३ सय २७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो भने कात्तिक २७ देखि ३० गतेसम्म करिब ५ सय जनाको नि:शुल्क शल्यक्रिया गर्ने रोटरी क्लब अफ कावासोतीको तयारी छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x