२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

साम्दोमा बीओपी स्थापना

गोरखा — चुमनुव्री गाउँपालिका–१ सामागाउँ स्थित साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी बीओपी स्थापना भएको हो । 

साम्दोमा बीओपी स्थापना

बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड रहेको छ । बीओपी स्थापनाको लागि गत वर्ष नै गृहमन्त्रालयले स्वीकृत प्रदान गरेको थियो ।

आवश्यक तयारी पुरा गरी सोमबार बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका डीएसपी सुमन बोगटीले जानकारी दिए ।

स्थापना भएको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साम्दोबाट चीन सीमा क्षेत्रमा रहेको रुइला नाका १५ किलोमिटर दुरीमा पर्ने उनले बताए । स्थापना भएको बीओपी ३८ सय ७५ मिटर उचाइमा छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?