२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा राँके जुलुस

नारायण शर्मा

पूर्वी नवलपरासी — सहकारी ठगीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले सदरमुकाम कावासोतीमा अहिले राँके जुलुससहित विरोध प्रर्दशन गरेको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा राँके जुलुस

राँके जुलुसमा सहकारी ठगी काण्डमा सम्लग्न गृहमन्त्रीको राजीनामा माग्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । साँझ सवा ७ बजे कावासोतीको इन्द्रचोकबाट सुरु भएको राँके जुलुसमा विद्यार्थीले सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

सहकारी ठगीमा संलग्न गृहमन्त्री राजीनामा दे, संसदीय छानविन समिति गठन गर, गिरीबन्धु टि-स्टेटको छानविन गर, भ्रष्टाचारी सरकार राजीनामा दे ! जस्ता नारा लगाएका थिए । इन्द्रचोकबाट सुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफुल चोकसम्म पुगेको थियो ।

नेविसंघ लुम्विनी कजेलद्वारा आयोजित राँके जुलुसपछि प्रर्दशनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका थिए । नेविसंघका जिल्ला अध्यक्ष हरी सुवेदीले गृहमन्त्रीविरुद्धको प्रर्दशन जिल्लाका मुख्य सहरमा आयोजना गरिने जानकारी दिए ।

संसदीय छानविन समिति गठन र गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?