कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सुख्खा पहिरोले लार्के सडक अवरुद्ध

गोरखा — बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तर्गत धार्चे गाउँपालिका–३ यारु नजिकै सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

सुख्खा पहिरोले लार्के सडक अवरुद्ध

आइतबार दिउँसो खसेको पहिरोले सडकको करिब १० मिटर क्षेत्र ढाकेको चुमनुव्री–३ जगतका स्थानीय गणेश कार्कीले बताए । सडकदेखि करिब ५ सय मिटर माथिबाट पहिरो खसेको उनले बताए ।

लार्के सडकको ट्र्याक खुलेसँगै पाङसिङसम्म जिप, ट्र्याक्टर चल्न थालेको छ । आइतबारको पहिरोले सडक ढाकेपछि सवारी संचालन हुन नसकेको कार्कीले जानकारी दिए । पहिरो पन्छाउन नेपाली सेनाको सडक निर्माण कार्यदललाई आग्रह गरिएको स्थानीयहरुले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x