३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दुई अस्पताल स्वास्थ्य बिमामा सूचीकृत

गोरखा — जिल्लाका दुई अस्पताल स्वास्थ्य बिमामा सुचिकृत भएका छन् । अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पताल र भिमसेन थापा गाउँपालिकाको शहिद स्मृति आधारभुत अस्पतालसँग बोर्डले आइतबार सेवा सम्झौता गरेको हो ।

दुई अस्पताल स्वास्थ्य बिमामा सूचीकृत

आवश्यक प्रक्रिया पुरा गरेपछि दुई अस्पताललाई सूचीकृत गरीएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गोरखाका विशाल लौडारीले बताए ।

दुई पालिकाले पुर्वाधार सहितको संरचना निर्माण गरी आवश्यक प्रक्रिया पूरा गरेपछि पहिलो सेवा विन्दुको रुपमा सूचीकृत गरिएको उनले बताए । यसअघि जिल्लाका पाँच वटा स्वास्थ्य संस्था बिमामा आवद्ध बनिसकेका छन् । गोरखा अस्पताल, आँपपिपल अस्पताल, जौवारी, आरुचनौटे र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत भइसकहेका छन् ।

दुई अस्पताल थपिएसँगै स्वास्थ्य बिमामा सूचीकृत हुने अस्पतालको संख्या ७ पुगेको छ । ‘सम्झौता भएका दुइ अस्पतालबाट सेवाका लागि बीमित नागरिकले पहिलो सेवा केन्द्रको रुपमा परिवर्तन गर्नुपर्छ, नवीकरण गर्ने बेला सेवा केन्द्र परिवर्तनपछि सेवा उपलब्ध हुन्छ,’ उनले भने ।

अजिरकोटको भच्चेक आधारभुत अस्पतालबाट अजिरकोट सहित सिरानचोकका केही क्षेत्र र भीमसेन थापाको शहिद स्मृतिबाट भीमसेन थापा गाउँपालिकाका नागरीकले सेवा पाउने छन् । आइतबार सम्वन्धित स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्य बिमा वोर्ड सम्पर्क शाखा कार्यालय गोरखाबीच सम्झौता भएको छ ।

स्वास्थ्य बिमा वोडका अध्यक्ष गुणराज लोहनी, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जरा र अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गोरखामा स्वास्थ्य बिमा गर्नेको संख्या एक लाख ६ हजार पुगिसकेको छ ।

प्रकाशित : वैशाख २, २०८१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?