१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

आत्महत्या दुरुत्साहनको आरोपमा ४ जना पक्राउ

गोरखा — आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–७ सिम्लेका ५५ वर्षीया वुद्धिकुमारी गुरुङ, ६० बर्षिय रुप काजी भन्ने सन्तवहादुर गुरुङ, मिनु गुरुङ र पुष्पा कुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

चैत १७ गते सिरानचोक–७ अमिले डाँडास्थित खनायोको रुखमा ७१ वर्षिय मनवहादुर खड्का डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका थिए ।

चैत १५ गते मृतक खड्का बाख्रा गोठालो जाँदा वुद्धिकुमारी गुरुङ र रुपकाजी भन्ने सन्तवहादुर गुरुङ साग भेट भएको थियो । सो क्रममा पैसा मागेको र चाहिएको वेलामा काम चलाई दिउँला भन्नेसम्मको कुरा भएको थियो ।

सोही विषयमा चैत १६ गते महिला समुहको समेत रोहवरमा केरकार गरिएको थियो । बुद्धि कुमारी गुरुङलाई अभद्र ब्यवहार गरेको भन्ने दोष लगाइ १५ हजार जरिवाना समेत गराइएको थियो । त्यसपछि खड्काले आत्महत्या गरेका पाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

खड्काका आपन्तको जाहेरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरी सोमबार आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : चैत्र १९, २०८० २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?