कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

हरिराम उप्रेती

गोरखा — वैदेशिक रोजगार सम्बन्धी कसुरमा ३ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।  प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६ वर्षिय राम गुरुङलाई  पक्राउ गरेको हो । 

फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०७३ चैत १५ गते फैसला भई वैदेशिक रोजगार सम्बन्धी कसुरमा कैद तथा जरिवाना तोकिई फरार रहेका गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार गुरुङलाई पक्राउ गरि कैद र जरिवाना असुल उपरका लागि जिल्ला अदालत पठाइएको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए । जिल्ला अदालतको आदेशले गुरुङलाई कैद र जरिवाना असुल उपरका लागि कारागार कार्यालय पठाइएको छ । फैसला कार्यन्वयन गर्ने सिलसिलामा प्रहरीले गुरुङलाई सात बर्ष पछि पक्राउ गरेको हो ।

प्रकाशित : फाल्गुन २१, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?