कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपल्लो मुस्ताङमा हिमपात, बिजुली र टेलिफोन सेवा अवरुद्ध

प्रतीक्षा काफ्ले

कास्की — शनिबार रातिदेखि परेको हिमपातले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ । हिउँ परेपछि यहाँका स्थानीयवासी चिसो छल्न तल्लो मुस्ताङ तथा फाँट झरेका छन् भने बिजुली बत्ती र टेलिफोन सेवा अवरुद्ध भएको छ । सशस्त्र प्रहरीका अनुसार कोरला राजमार्ग पनि अवरुद्ध भएको छ ।

उपल्लो मुस्ताङमा हिमपात, बिजुली र टेलिफोन सेवा अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको छ । पर्यटक र स्थानीयको सुरक्षाका लागि सशस्त्र प्रहरी फिल्डमा खटिएका छन् ।

बीओपी नेचुङ लोमन्थाङ, मुस्ताङका बीओपीका प्रहरी निरीक्षक भीमबहादुर क्षेत्रीले ७ डिग्रीको चिसोमासमेत सशस्त्र प्रहरी गाउँ–गाउँ गस्ती गर्ने र पानी जमेको पानीको पाइप र मुहान सफा गर्ने, बाटो सफा गर्ने र हिउा पन्छाउने काममा नियमित खटिरहेको जानकारी दिए । उनले कोरला राजमार्ग आइतबार खुलाउन नसकिने बताए । हिमपात रोकिएपछि मात्र हिउँ पन्छाएर सडक खुलाउने उनले बताएका छन् ।

अत्यधिक चिसोका कारण सवारी साधन पनि ठप्प छन् । घरहरू हिउँले ढाकिएका छन् । ३ हजार ९ सय ६० मिटर उचाइमा रहेको लोमान्थाङ चीनसँग जोडिएको क्षेत्र हो । नेपाल–चीनको सीमा क्षेत्रको सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी बल यतिबेला बस्ती–बस्तीमा खटिएको जनाएको छ । यहाँका केही बासिन्दा फाँट झरे पनि घरमा रहेका स्थानीय र भेडा, च्याङग्रा, गाई, घोडा (चौपाय)को सुरक्षाका लागि गाउँमा नै बस्ने गरेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । यसअघि मंसिर र माघमा हिउँ परेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?