१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुर्घटनामा पैदलयात्रीको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राति ८ बजे विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीस्थित भित्री सडकखण्डमा दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले २ जना पैदल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा विनयी त्रिवेणी-५ देउराली निवासी ६८ वर्षीय दिलबहादुर रखालको घटनास्थलमै निधन भएको हो । ठक्करबाट स्थानीय ७६ वर्षीय सोमबहादुर लम्का मगर घाइते भएका छन् ।

लम्का मगरको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?