कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार उनीहरूले कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्धसमेत गरेका छन् किसानहरूले सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका छन् । 

दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

किसानहरूले 'मिल्क होलिडे' बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । प्रदर्शनका कारण राजमार्गमा यातायातका साधनहरू रोकिएका छन् । पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।



प्रकाशित : फाल्गुन १७, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?