२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

किसानलाई चैते धान रोप्ने चटारो

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा यतिबेला किसानलाई चैते (हिउँदे) धान रोप्ने चटारो छ । भूमिगत सिँचाइ र सिमसार क्षेत्रका वरपरका किसानलाई अहिले धान रोप्न भ्याई-नभ्याई छ । जिल्लाको कावासोती, गौडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी,  बुलिङटार र बौद्धिकाली गाउँपालिकाकमा चैते धान हुँदै आएको छ ।

किसानलाई चैते धान रोप्ने चटारो

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीका अनुसार असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको हो ।

हरेक वर्ष दुईदेखि तीन सय हेक्टरसम्म क्षेत्रफल बढ्दै गएको छ । गत वर्ष एक हजार दुइ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यसवर्ष एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैते धान हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।


चैतेधान लगाउने किसानलाई प्रोत्साहन गर्न मल, बीउको लागि स्थानीय तहले ५० प्रतिशत अनुदान दिन थालेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष जिल्लामा ६ हजार १ सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष उत्पादन बढ्ने आँकलन गरीएको छ । यस क्षेत्रमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०८० १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?