कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणी उद्योगको आरोपमा दुई व्यक्ति पक्राउ

हरिराम उप्रेती

गोरखा — ११ वर्षिया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गण्डकी गाउँपालिका–२ का ३७ वर्षिय आशिष चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बालिकालाई आफ्नो घरको कोठामा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितका बावुमार्फत् आएको जाहेरी दरखास्तका आधारमा चेपाङलाई प्रहरीले पक्राउ गरेको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, जबरजस्ती करणी प्रयासमा सहयोग गरेको भन्दै सोही ठाउँका २३ वर्षिय इश्वर चेपाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जना बिरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबा म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?