२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पञ्चकोटमा १ सय ९ कन्याद्वारा महायज्ञ शुभारम्भ

प्रकाश बराल

बागलुङ — पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । बुधवार गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरे ।

पञ्चकोटमा १ सय ९ कन्याद्वारा महायज्ञ शुभारम्भ

यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको दाबी गरिएको छ । महायज्ञ १५ दिन सम्म चल्ने छ । महायज्ञ विश्वशान्तिको कामना, व्यक्तित्व बिकास र यहाँको समग्र धार्मिक तथा पर्यटकीय विकासको लागि गर्न लागिएको महायज्ञ मुल आयोजक तथा पञ्चकोट बिकास परिषदका संरक्षक कमलनयनाचार्यले जानकारी दिए ।

महायज्ञका लागि एक महिना अघिदेखि मुस्ताङको लोमान्थाङ देखि त्रिवेणी सम्मका विभिन्न समुदायका कन्या झिकाइएको थियो । उनीहरुसँगै ९ बर्ष भन्दा माथिका कन्यासमेत समावेश गराइएको थियो । उद्घाटनको अबसरमा पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, संविधानसभाकी सदस्य गीता वाग्ले, एनआरएनए महासचिव सोम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मुल संरक्षक कमलनयनाचार्य, स्वामी देवराज आचार्य र पुरुषोत्तम आचार्यले बेदमन्त्र सहित विश्वशान्तिको कामना गरेका थिए ।महायज्ञमा सयौं क्विन्टल धान दान गर्ने, बेदपुराण लगायतका पाठ गर्ने, धार्मिक प्रवचन, भजन तथा बिकास निर्माण, पर्यटक, कृषि, राजनीति र आर्थिक बिकास सम्बन्धीत सम्मेलनहरु गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?