१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुर्घटनामा युवकको मृत्यु , एक  घाइते

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वको हुप्सेकोटमा मोटरसाइकल दुर्घटनामा पदमबहादुर बयम्बु मगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारीबाट बेलाहानी जाने बाटोमा गएराति लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । बयम्बु हुप्सेकोटकै मोहनडाँडा निवासी हुन् । मोटरसाइकल कुलामा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते हिराबहादुर आलेलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?