कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित ३ पक्राउ

पूर्वीनवलपरासी — प्रहरीले लागूऔषधसहित गैंडाकोटबाट तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार गैंडाकोट निवासी ३८ वर्षका भवानी शंकर घिमिरे, कृष्ण श्रेष्ठ र निशान परियार लागूऔषधसहित पक्राउ परेका हुन् । 

प्रहरीले जाँचका क्रममा पक्राउ परेका उनीहरुले ल्याएको लागूऔषध नवलपरासी, चितवन, कास्कीमा बिक्री गर्ने गरेको पाइएको छ । उनीहरुबाट फेनारगन, सेरीज्याक लगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिवेणीधाम र पश्चिम नवलपरासीका सिमावर्ती क्षेत्रबाट लागूऔषध भित्रिने गरेको हो । ती नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा जाँच रहे पनि हरेक दिन त्यहीबाट लागूऔषध भित्रने गरेको छ ।


प्रकाशित : फाल्गुन ८, २०८० १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?