११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गण्डकीको मन्त्रिपरिषद् बैठक बाग्लुङको पञ्चकोटमा

कास्की — गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को वैठक बाग्लुङको पञ्चकोटमा सुरु भएको छ । प्रदेश सरकारले पहिलोपटक ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक राखेको हो ।

गण्डकीको मन्त्रिपरिषद् बैठक बाग्लुङको पञ्चकोटमा

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलको प्रर्वद्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमबार पञ्चकोटमा बैठक बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ‘मन्त्रिपरिषद्को वैठकले पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने सरकारको लक्ष्य छ’ मुख्यमन्त्रीको भनाई उदृृत गर्दै मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले भने ।


प्रकाशित : माघ २९, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?