११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

रासस

कास्की — पोखरामा आइतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का  र पोखरा-५ बस्ने २४ वर्षीया भावना बराल छन् ।

पृथ्वीराजमार्गस्थित पोखरा-२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नंको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नंको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?