१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

हरिराम उप्रेती

गोरखा — काठमाडौं लगेर जागिर लगाइदिने प्रलोभनमा गोरखा नगरपालिका–६ को मानव सेवा आश्रममा आश्रित दुई जना बालबालिकालाई गुम्बामा लगेर राखेको खुलेपछि एक महिलालाई प्रहरीले पक्राउ गरिएको छ । 

मानव वेचविखन तथा ओसारपसार उद्योग कसुरमा धार्चे गाउँपालिका–७ घर भई हाल गोरखा नगरपालिका–६ बस्ने २७ वर्षीया बिसमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालय गएका मानव सेवा आश्रममा आश्रित १६/१६ वर्षीया दुई बालिका गत बुधबार सम्पर्कविहिन बनेका थिए । खोजतलासको क्रममा बिहीबार दुवै जना गोरखा नगरपालिका–७ सतिपिपलस्थित निर्माणाधीन गुम्बामा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए ।

बालिकाहरुलाई सोधपुछका क्रममा गुरुङले काठमाडौं लगी जागिर लगाई दिने भन्दै गुम्बामा लगी राखेको खुलेको थियो । आइतबार आरोपित गुरुङलाई पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर २४, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?