१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

चुमनुव्री गाउँपालिकाका अध्यक्ष लामा सम्मानित

हरिराम उप्रेती

गोरखा — चुम उपत्यकालाई अहिंसा क्षेत्रको रुपमा विकास गरी पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई नेपाल पर्वतारोहण संघले सम्मान गरेको छ । 

चुमनुव्री गाउँपालिकाका अध्यक्ष लामा सम्मानित

पोखरामा शुक्रबार आयोजित आठौ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको अवसरमा लामालाई अर्थमन्त्री प्रकाशरण महतले सम्मान गर्दै ताम्रापत्र प्रदान गरेका छन् ।

चुम उपत्यकामा अहिंसा (श्याग्या) परम्परा संरक्षणमा गाउँपालिकाले अहिंसाको पञ्चशीललाई पालिकाको राजपत्रमा प्रकाशितसमेत गरेको छ । मनास्लु क्षेत्रमा पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । यहाँका स्थानीयले कुनै पनि जीव–जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासुजन्य प्रयोजनका लागि व्यापारी गर्ने उद्देश्य बोकेकालाई प्रवेश निषेध, पशुबध पूर्णरुपमा निषेध, बौद्ध दर्शन र पञ्चशीलको सिद्धान्तमा स्थापित अहिंसा चुम क्षेत्रको संस्कृति एवं संस्कारलाई आत्मासात गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै चीरकालसम्म चुम क्षेत्रलाई अहिंसा क्षेत्र कामय राख्न दिगो संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नेलगायत प्रतिबद्धता कार्यान्वयन गराउन अध्यक्षा लामाले अग्रणी भूमिका खेल्दै आएका छन् ।

प्रकाशित : मंसिर २२, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?