१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

दीपक परियार

पोखरा — फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य दीपेन्द्र पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र विकास पहारीलाई शुक्रबार पक्राउ गरेको हो ।

फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता श्रवणकुमार विकले बताए ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : मंसिर २२, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?