कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ । अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

‘शव ब्ल्यांकेटले बेरिएको अवस्थामा भेटिएको छ, घटना हेर्दा मृत्यु शंस्कास्पद देखिन्छ,’ उनले भने । मृतकको शरीरमा चोट पनि देखिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी प्रमुख श्रेष्ठसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको टोली झिकाएर पनि अनुसन्धान भइरहेको श्रेष्ठले बताए । मृतकको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : मंसिर २१, २०८० १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?