१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले मंगलबार घरेलु मदिरालाई ब्रान्डिङ गर्ने निर्णय गरेको हो ।

वालिङ नगरप्रमुख कृष्ण खाँणले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिए । नगरको पहिचान स्थापनासमेत हुने उनको धारण छ ।

घरेलु मदिरालाई ब्रान्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुनेछ । ग्रामीण भेगका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण सिर्जना हुने उनको भनाइ छ । उपप्रमुख कविता तिवारीले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्रान्डिङ गर्दा प्रतिपरिवारले प्रत्येक महिना १५ देखि १८ हजारसम्म आम्दानी गर्न सकिने बताइन् । यसबाट नगरभित्रका १५ सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ । सिपको विकास नगरको करको दायरासमेत फराकिलो बन्ने छ ।

स्थानीय तवरले उपलब्ध आँप, लिची, चिउरी, बेलौतीजस्ता फलफूलको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकोमा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?