१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

हरिराम उप्रेती

गोरखा — ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिकाका ३१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १५ गते राति बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । 

आइतबार आरोपितविरुद्ध बालयौन दुरुपयोग कसुर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित बालिका आरोपित युवकका काकाको छोरी (बहिनी) नाता पर्छिन् ।

प्रकाशित : मंसिर १७, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?