१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ३ घाइते

हरिराम उप्रेती

गोरखा — सहिद लखन गाउँपालिका ३ सिलिङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार गण्डकी गाउँपालिका ३ का २९ वर्षीय पदमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ३ घाइते

दुर्घटनामा घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार ढुंगा बोकेर सिलिङबाट मझुवा देउराली आउँदै गरेको ध १ त १२५ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । गोरखा नगरपालिका १३ स्थायी घर भएका चालक ३४ वर्षीय विश्वास गुरुङ, सहिद लखन गाउँपालिका ३ का २६ वर्षीय रामबहादुर आले र तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का २५ वर्षीय प्रदीप अर्याल घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ। ट्याक्टर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर १६, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?