९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

घाँसीकुवा बस दुर्घटना [अपडेट] : २ जनाको मृत्यु, चालकसहित ३४ घाइते 

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान करिब ५:४५ बजे भएको बस दुर्घटनामा परी २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित ३४ जना घाइते भएका छन् । 

घाँसीकुवा बस दुर्घटना [अपडेट] : २ जनाको मृत्यु, चालकसहित ३४ घाइते 

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

दुर्घटनामा परी घाइते धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४५ का हस्त राईको उपचारको क्रममा दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा र हालसम्म स्थायी ठेगाना नखुलेका वर्ष अन्दाजी ५०/५५ का टोपबहादुर मगरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । उनका अनुसार अन्य घाइतेहरूको दमौलीका विभिन्न अस्पतालहरूमा उपचार भएरहेको छ ।

प्रकाशित : मंसिर १३, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?