१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

गाजा दहमा आधादर्जन तोरण तारियो

प्रकाश बराल

(बागलुङ) — बाग्लुङको पर्यटकीय गाजाको दहमा बैकुण्ठ चर्तुदर्शी तथा पूर्णिमाको अबसरमा आधादर्जन तोरण तारिएको छ । परम्परागत रुपमा स्वतस्फूर्त लाग्ने मेलामा सयौं भक्तजन र पर्यटकको भीड समेत लागेको छ ।

गाजा दहमा आधादर्जन तोरण तारियो

समुन्द्री सतहदेखि २ हजार ५ सय मीटरको उचाइमा रहेको यो दह बर्षभरीनै सफा रहन्छ । पानीको छुट्टै श्रोत नभएपनि निरन्तर दह रहने भएकोले यहाँ पुगेर भक्तजनले सिद्द बराहको पुजा गर्ने र बैकुण्ठ चर्तुदर्शीको दिन फूलमाला सहितको तोरण तार्ने गर्छन् ।

सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले मेला शुभारम्भ गरे । उक्त अबसरमा आइतवारदेखिनै सयौं मानिस पुगेर रातभर जाग्राम बसेका थिए । सोमबार पूर्णिमाको दिन बिहादै तोरण तारिएको हो । यहाँ तोरण तार्दा सुखशान्ति मिल्ने र परलोकमा पनि बैकुण्ठबास हुने विश्वास गरिन्छ । मेलामा गलकोट, जैमिनी, बागलुङ र बरेङका स्थानीय सहभागि थिए । स्थानीय परिकारको रुपमा कोदोको रोटी, गुन्द्रुक, मुलाको अचार, बाँको र आलुका बिभिन्न परिकार बनाइ स्थानीयले बिक्री बितरण समेत गरेका थिए ।

सोरठी, मारुनी, सालैज्यो र विभिन्न ठाडो भाखाका गीत र नृत्यले मेलाको रौनक थपेको थियो । मेलाकै अबसर पारेर यहाँ धनुषबाँड हान्ने र भलिबल प्रतियोगिता आयोजना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । मेलालाई व्यवस्थापन गर्न नगरपालिकाले ३ लाख रुपैयाँ लगानी गरेको थियो । यो स्थान जैमिनी नगरको वडा नं ३ मा पर्छ ।

प्रकाशित : मंसिर ११, २०८० १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?