कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

स्याङ्जामा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छाबाट खहरेतर्फ जाँदै अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । लु १ ह ३६८६ नम्बरको अटो शनिबार गुडिरहेको बेला अनियन्त्रित भएको थियो ।

अटोमा सवार चालकसहित ४ जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्साल क्षेत्रीकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटना क्रममा बालिकाको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि क्रममा वालिङ स्वास्थ्य चौकी लगिएको थियो । तर त्यहाँ लगेलगत्तै मृत घोषणा गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । बालिकाको शव अस्पतालमा नै राखिएको छ । वडा प्रहरी कार्यालय वालिङले अटो र अटो चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर २, २०८० २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?