१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पक्राउ परेका जुवाडे टीका लगाउन घरघर

नारायण शर्मा

पूर्वी नवलपरासी — मंगलबार मध्यराति कावासोतीबाट पक्राउ परेका ११ जना जुवाडेलाई आज तिहारको टीका लगाउन भन्दै प्रहरीले घरघर पठाएको छ ।

पक्राउ परेका जुवाडे टीका लगाउन घरघर


मंगलबार राति सवा १२ बजे कावासोती नगरपालिका ८ को एक घरबाट उनीहरुलाई जुवाखालबाटै पक्राउ गरिएको हो । राति पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कावासोतीको हिरासतमा राखिएको जुवाडेलाई टीका लगाउन घरघर पठाइएको हो । 'अब अहिले हिरासतमा आउँछन्,' प्रहरी निरीक्षक टिकाराम पोखरेलले भने, 'उनीहरूबाट साढे ४ लाख नगद बरामद भएको छ ।' जुवाडेलाई ३० हजार जरीवाना र तीन महिना कैद सजाय हुन सक्ने मुद्दाशाखा प्रमुख पोखरेलले बताए । उनले सबै जना टीका लगाएर अहिले साँझ प्रहरी हिरासतमा आउने बताए ।


'प्रहरी हिरासतमा आइसकेका जुवाडेलाई मुद्दाको किनारा नलाग्दै घरघर पठाउनु प्रचलित कानुनविरुद्ध छ,' एक अधिवक्ताले नाम नलेख्ने सर्तमा भने, 'प्रहरीले कानुन विपरीत काम गरेको छ । माथिल्लो निकायले प्रहरीलाई कारबाही गर्नुपर्छ ।'

प्रकाशित : कार्तिक २९, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?