१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालिज फार्ममा चितुवा 

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–४, सिङ्गास्थित कालिज फार्ममा सोमबार बिहान चितुवा पसेको छ ।  हरियाली ग्रुप प्रालिले करिब ४ सय कालिज पालेको फार्ममा फलामे तारबार र नाइलन जालीबाट भित्र चितुवा पसेको हो ।

कालिज फार्ममा चितुवा 

ग्रुपका निर्देशक गोविन्द पौडेलका अनुसार बिहान अन्दाजी ६ बजेतिर चितुवा फार्ममा पसेको हो । ७ बजे दाना दिने क्रममा चितुवा पसेको थाहा भएको हो । प्रहरी–वनका कर्मचारी र स्थानीयले छोप्ने प्रयासबीच चितुवा दिउँसो ११.३० बजेपछाडि म्याग्दीखोला किनारातर्फ फलामको जाली नाघेर पछाडि भागेको थियो ।

फार्मभित्र अहिले ५० वटा मरेका कालिज भेटिएको छ । १०–१२ वटा कालिज उडेर बाहिर निक्लेको भेटिएको छ । ‘केही चितुवाले खायो होला, केही झाडीमा लुकेको अनुमान गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘६ लाखभन्दा बढीको क्षतिको अनुमान गरेका छौं ।’

यसअघि २०७७ भदौमा पनि यही कालिज फार्मको चल्ला भएको भागमा चितुवा पसेर क्षति पुर्‍याएको थियो ।

प्रकाशित : कार्तिक १३, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?