कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भारी वर्षापछिको पहिरोले म्याग्दीमा यातायाात अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — सोमबार साँझदेखि रातभर परेको भारी वर्षापछि बेनी–जोमसोम सडकअर्न्तगत रघुगंगा गाउँपालिका–२ बैसरी र कुनौटो त्यस्तै अन्नपूर्ण गाउँपालिका–२ नौनीबगर र ३ गुइँठेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागबेनी/मुक्तिनाथमा सोह्र श्राद्ध गर्न गएका तीर्थालुहरू बाटोमा अलपत्र परेका छन् । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरू पहिरोमा फसेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिमतर्फ बेनी–दरवाङ सडकको बेनी नगरपालिका–४ फापरखेत र मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ । पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाहरू सोझो याातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०८० ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?